दराज ११.११ : विश्वकै सबैभन्दा ठूलो सेल डे आज

होमल्याण्ड खबर

२०७५ कार्तिक २५ गते, आईतवार १५:०२ मा प्रकाशित

नेपालको अनलाइन मार्केट, दराजले कात्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवका रूपमा मनाउने तयारी गरेको छ । यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन सुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको भन्दै नेपालमा पनि अनलाइन किनमेलको नयाँ युगको तयारी भएको जनाएको छ ।

दराज ११.११ सेल नोभेम्बर ११ र कात्तिक २५ गतेको मध्यरातबाट सुरु हुनेछ र ठीक २४ घण्टासम्म खुला रहनेछ भन्दै कम्पनीले यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिने जनाएको छ । यो अवधिमा खास नयाँ सामानहरूको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स, ब्रान्ड भौचर तथा अन्य उपहारहरु दिनभरि नै चल्नेछ ।

१ हजारभन्दा बढीको संख्यामा स्थानीय विक्रेताहरूका साथ यसअघि कहिल्यै नपाइएको डिलहरूको विविधीकरणमा नेपालको अब पहुँच हुनेछ । ११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट उत्पादन तथा डिलरहरू प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा अनुभव दिलाउनेछ ।
दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले भने, “हामी हाम्रा ग्राहकहरूलाई यस्तो चिज दिंदैछौं जुन उहाँहरूले यसभन्दा अघि पहिले कहिल्यै पाउनुभएको थिएन, ११.११ अभियानका साथ दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाइ, जहाँ नेपालीले लाखौं रुपैयाँबराबरको पुरस्कारहरू जित्न सक्नेछन् ।”