६ चैत्र २०८२, शुक्रबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।


उक्त मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो। अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए।
मोटरसाइलसहित सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो ।
मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।