आगोले जलेर एक वृद्धाको मृत्यु

होमल्याण्ड खबर

२०८० पुष २६ गते, बिहीबार १०:३६ मा प्रकाशित

बर्दियामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको राजापुर नगरपालिका–५, झप्टीकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको हो ।

बुधबार दिउँसो चिसोबाट जोगिन उनी सुत्ने कोठमा बालेको आगो सल्कँदा जलेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ,

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालका अनुसार सोहनीले ओढेको ब्लांकेट आगोमा परेको थियो ।

त्यसबाट आगो सल्किएको थियो ।उनलाई घटनापश्चात् उपचारका निम्ति बर्दिया अस्पताल हुँदै नेपालगन्ज ल्याइएको थियो । उपचारका क्रममा बिहीबार बिहान ४ बजे नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा उनको मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिए ।