६ चैत्र २०८२, शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी हाल्ने पीडित गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु हाल्नेविरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
बलात्कार मुद्दामा सन्दीप दोषी ठहर भएर ८ वर्ष कैदको फैसला भएपछि गौशाला २६ को तस्बिहरु भन्दै सामाजिक सञ्जालमा केही तस्बिहरु नामसहित सार्वजनिक भएका थिए। पीडितले उक्त तस्बिरहरु सार्वजनिक गर्नेविरुद्ध बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।


पीडितको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ। तस्बिर राख्नेहरुको खोजी भइरहेको साइबर ब्यूरोले जनाएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि ८ वर्ष कैद र पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको थियो।
त्यसलगत्तै सन्दीपमा प्रशंसकहरुले पीडीतको तस्बिर भन्दै विभिन्न तस्बिर र विवरणहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।