दार्चुलामा यात्रु बस दुर्घटना, १६ जना घाइते

होमल्याण्ड खबर

२०८० माघ ५ गते, शुक्रबार १०:४७ मा प्रकाशित

दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।