३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल–हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो¥याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।