उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

होमल्याण्ड खबर

२०८० माघ १६ गते, मंगलवार १२:५५ मा प्रकाशित

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।

उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।