३ मंसिर २०८१, सोमबार
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा आफ्ना नातेदार समेत पक्राउ परेपछि उनी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका हुन् । बिहीबार अपराह्न सीआईबी पुगेका उनले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका छन् । बिहीबार नै पक्राउ परेका अजित नारायणसिंह थापा उनको नातेदार भएको बताइएको छ ।
सुनिल थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुन् भने आफन्त पक्राउ परेसँगै हतारहतारमा सीआईबी पुगेका हुन् ।