सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर

होमल्याण्ड खबर

२०८० माघ २१ गते, आईतवार १४:४५ मा प्रकाशित

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।