कीर्तिपुरमा राेकि रहेकाे गाडीमा आगजनी

होमल्याण्ड खबर

२०८० माघ २१ गते, आईतवार १५:०५ मा प्रकाशित

कीर्तिपुर मित्रनगर स्थित राेकि रहेको गाडीमा आगजनी भएको छ ।

विगत एक सातादेखि साेही स्थानमा राेकिएकाे ना.६ ख १४५३ नम्बरकाे बसमा आगजनी भएको हाे । अहिले दमकलकाे सहयाेगमा आगाे नियन्त्रण गरिएको छ ।

आगजनी कसले गर्याे भन्ने खुलेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।