सिटिजन्स र बयोधा हस्पिटलबीच सहकार्य

होमल्याण्ड खबर

२०७५ कार्तिक २७ गते, मंगलवार १२:१९ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खुस्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक तथा कर्मचारीहरूले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ३ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।