स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

होमल्याण्ड खबर

२०८० माघ २२ गते, सोमबार १५:१८ मा प्रकाशित

दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली प्रतियोगिताको सुपर सिक्समा पुगेको थियो ।

विश्वकप खेलेर फर्केका नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

नेपालले विश्वपकमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो भने सुपर सिक्समा पनि भारत र बंगलादेशसँग हारेको थियो ।