२२ बैशाख २०८३, मंगलवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी कसूरमा कास्कीको श्रीराम प्राथमिक विद्यालयकी स्थायी शिक्षक शर्माविरुद्ध मुद्दा दायर गरिएको हो । शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी. भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांकपत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।


उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएकोले सोही ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रबक्त नरहरि घिमिरेले बताए ।