कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० फाल्गुन २ गते, बुधबार १३:३१ मा प्रकाशित

एसीसी महिला प्रिमियर कप अन्तर्गत कुवेतसँगको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ।

मलेशियामा जारी प्रतियोगितामा बुधबार टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति वालासुव्रमन्यम र कादिजा खालिलले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि सीता राना मगरले तीन, कविता कुँवर र रुविना क्षेत्रले दुई–दुई विकेट लिए। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।