विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु हुँदै

होमल्याण्ड खबर

२०८० फाल्गुन २ गते, बुधबार १७:१२ मा प्रकाशित

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ ।

काठमाडौँमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म सम्मेलन आयोजना हुने जानकारी दिएको हो । वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ नीति-संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दबाब सृजना गर्ने अपेक्षाका साथ सम्मेलनको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा हुने सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४ सय २ वटा कार्यक्रमहरू र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको जनाइएको छ ।

मञ्चले करिव ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरेको छ ।