९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३२ वटै शाखाहरू मार्फत एसियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा योजनाहरू खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमा सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १३२ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १४० एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा १०४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।