३ मंसिर २०८१, सोमबार
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।
बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघि देखि बैठक बसिरहेको जानकारी दिए ।
हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । माओवादीले चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ । आजको बैठकले तराई(मधेश अभियान र उत्तर-दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिए ।