स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले व्यहोर्ने

होमल्याण्ड खबर

२०८० फाल्गुन १५ गते, मंगलवार १५:४१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले सो प्रतिबद्धता जनाएका हुन् । उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताए । स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । उनका सिर्जनाहरू कालजयी रहने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।