९ मंसिर २०८१, आईतवार
टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।
उनले नेदरल्याण्ड्सका म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरे । टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।