३ मंसिर २०८१, सोमबार
कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् ।
उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर छलफल गरेका हुन् ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, महासमिति बैठकका निर्णयलाई अन्तिम रूप दिने र समसामयिक विषयमा छलफल भएको थियो ।
साथै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए । ‘बैठकमा केन्द्रीय समिति बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमा छलफल भयो,’ उनले भने, ‘नेताहरूबीच राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा पनि कुराकानी भएको छ ।’