बालेनलाई ३२ जना नागरिक अगुवाको खुलापत्र

होमल्याण्ड खबर

२०८० फाल्गुन २० गते, आईतवार १६:२९ मा प्रकाशित

नागरिक अगुवाको एक समूहले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौँ महानगरपालिका र मेयर बालेन साहलाई आग्रह गरेको छ ।

३० भन्दा बढी नागरिक अगुवाले आइतबार मेयर बालेन शाहलाई खुला पत्र लेखी सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।

‘साथै महानगरले पीडितप्रति माफी मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ’ खुलापत्रमा भनिएको छ ।