३ मंसिर २०८१, सोमबार
बालुवाटारमा तीन दलका नेताहरुकाे बैठक सुरू भएकाे छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल भइरहेको छ ।
छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् ।