९ मंसिर २०८१, आईतवार
सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको ३ मिनेटमै सर्किट हानेको हो।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।
नेपाली कांग्रेससँगको गठबन्धन छुट्टिएर एमाले, माओवादीसहितको नयाँ गठबन्धन बन्ने अवस्था सेयर बजारमा देखिएको छ।