३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्री परिवर्तन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
सोमबार सभापति शेरबहादुर देउवा निवासमा सरकारमा रहेका मन्त्री तथा पदाधिकारीको बैठक बसेको थियो । सो बैठकमा देउवाले मन्त्रीहरूले राजीनामा भने दिन नहुने बताएका थिए ।
आजै प्रधानमन्त्री प्रचण्डले हालका मन्त्रीहरूलाई हटाएर तीन जना विनाविभागीय मन्त्री समेटेर मन्त्रिपरिषद् पुनःगठन गर्दैछन् । यसपछि कांग्रेसका मन्त्रीहरू पदमुक्त हुनेछन् ।
कांग्रेसले विकसित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिन कार्यसम्पान समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।