३ मंसिर २०८१, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री बर्खास्त गरेका छन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । तर, केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेपछि मुख्यमन्त्री पाण्डेले उनीहरुलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका हुन् ।