सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदले उठाएको विषय हल : प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८० फाल्गुन २४ गते, बिहीबार १३:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले बालकुमारीमा २ जनाको मृत्यु भएको विषयमा सांसदहरूले उठाएको विषय हल भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले गरेको माग पूरा भएको बताए ।

सांसदहरूले सो घटनाको कारक पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको भन्दै उनलाई सरकारबाट हटाउन माग गर्दै आएका थिए ।