३ मंसिर २०८१, सोमबार
लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । अध्यक्षका उम्मेदवार युवराज शर्मालाई लोसपाका सांसद शेखर कुमार सिंहले समर्थन व्यक्त गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको क्रममा शर्मालाई जिताउन लोसपा सिंहले आग्रह गरे । उनले देशमा स्थायी सरकार हुनुपर्ने बताउँदै गठबन्धन फेरेर सरकार बनाउँदा देश अस्थिरतामा जाने बताए ।