३ मंसिर २०८१, सोमबार
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हल डाकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।