डेढ वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो : महामन्त्री शर्मा

होमल्याण्ड खबर

२०८० फाल्गुन ३० गते, बुधबार १४:१७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी परेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ। अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरिसकेको छ। ‘राजनीतिक रूपमा अविश्वास छ, गणितीय रूपमा विश्वासको जोहो हुँदैछ,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै शर्माले भने।