सुन , सहकारी र मिटरब्याजी चोरलाई विश्वासको मत दिँदैनाैं : चित्रबहादुर केसी

होमल्याण्ड खबर

२०८० फाल्गुन ३० गते, बुधबार १५:०९ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै केसीले माछा बेच्ने र किन्नेको प्रसङ्ग निकाल्दै दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको होइन ? भनेर प्रश्न गरे ।

‘राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ?’, केसीले त्यस्तालाई विश्वासको मत नदिने बताए ।