उपनिर्वाचन : नेकपा एसले पनि टुंग्यायाे उम्मेदवार नाम

होमल्याण्ड खबर

२०८० चैत्र १४ गते, बुधबार १२:५३ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष जयन्ती राईले जानकारी दिएकी छन् ।

जीतबहादुर एकीकृत समाजवादी इलामका सचिवालय सदस्य हुन् । उनी अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यससँगै उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । एमाले र माओवादी केन्द्रले पनि उपपिनर्वाचनमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।