१५ मंसिर २०८१, शनिबार
महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
यसअघि महालेखा परीक्षकका लागि रायसँगै शिशिर ढुंगानाको चर्चा थियो । दुबैजना एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् ।