१५ मंसिर २०८१, शनिबार
पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ।
सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ। जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्।