२ मंसिर २०८१, आईतवार
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ११ बजे राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता सरस्वती अर्यालले ११ बजे राजीनामा दिने बताइन् ।
पाण्डेले राजीनामाको पत्र लिएर प्रदेश प्रमुख निवास जाँदै छन् । राजीनामा अघि गण्डकी सरकारको मन्त्री परिषद् बैठक बसेको थियो ।
राजीनामा दिए पनि सरकार गठनको लागि निरन्तर प्रयास गर्ने प्रवक्ता अर्यालले बताइन् ।