१२ मंसिर २०८१, बुधबार
एसएमएल ईसुजु, इन्डियाले गोल्डफिस इन्टरनेसनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ ।
लक्ष्मी समूहअन्तर्गत गोल्डफिस इन्टरनेसनल (एक सहायक संस्था), अब नेपालका लागि एसएमएल ईसुजु सवारी साधनका लागि आधिकारिक विक्रेता भएको छ । यस सम्झौतासँगै गोल्डफिस इन्टरनेसनल अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको कम्पनीले जनाएको छ ।
नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरू लिएर आएको छ । यस प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक टुथ्री सेवा सुविधा सुरु गर्न गइरहेको छ । त्यसैगरी पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टुएस सुविधा, पाँचखालमा एक टुथ्री सुविधा र धादिङमा एक टुथ्री सुविधा सुरु गरिने भएको छ । आगामी दिनमा उक्तसेवाहरू इटहरी, विदुर (त्रिशूली), दाङ, हेटौंडा, भैरवा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा सुरु गरिने भएको छ ।