१४ मंसिर २०८१, शुक्रबार
बैतडीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका वडा नं. ८ झौलेक मोडमा करिब २ सय मिटर सडकबाट तल खसेर ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा चालक कन्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलादीका ३० वर्षीय राजेश चौधरी र ट्याक्टरमा सवार बैतडीको पाटन नगरपालिका-१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका छन्। उनीहरूको दुर्घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीलाइ अबेर सुचना आएको दुर्घटनास्थलमा पुग्दा २ जना नै मृत अवस्थामा भेटिएकाले ट्याक्टरमा दुई जनामात्रै सवारी रहेको हुनसक्ने प्रहरीको आकलन रहेको छ।