२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अर्थ्याए ।
उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।
छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेकोले फेरि समिति बनाएर के छानबिन गर्ने ? भन्दै उनले प्रश्न पनि गरे ।
रवि लामिछानेको केस अलग र सहकारी समस्या समाधानको विषय अलग गरेर अघि बढ्यो भने समाधान निस्कन सक्नेतर्फ उनले सङ्केत गरे । साथै सदनको अवरोध खोल्ने काममा सरकारसँगै सभामुख पनि सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने प्रचण्डले बताए ।