२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको छ ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अन्त्य हुनसक्ने बताए । ‘कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुनसक्छ’, भेटपछि अध्यक्ष ओलीको भनाइ छ ।