सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको दाबी

होमल्याण्ड खबर

२०८१ बैशाख २ गते, आईतवार १६:१९ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले दाबी पेश गरेका छन्।

केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ।

यसअघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।