९ मंसिर २०८१, आईतवार
बिहीबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । बुधबार स्थिर रहेको सुनको मुल्य बिहीबार ६०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुनको मुल्य १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मुल्य १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । अ