९ मंसिर २०८१, आईतवार
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । यसदिन चाँदी तोलामा एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।