९ मंसिर २०८१, आईतवार
साताको दोस्रो दिन सोमबार सुनको मुल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको छ ।
वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ हजार ६६५ रुपैयाँ पुगेको छ ।