१४ मंसिर २०८१, शुक्रबार
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो ।
हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ ।
हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको छ । आजको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण नियुक्ती गर्ने बताइएको छ ।