८ मंसिर २०८१, शनिबार
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ ।
पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको हो ।
चौथो खेलमा नेपाल वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको थियो ।
तर घरेलु टोली नेपालले लक्ष्य भेट्टाउन सकेन । नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो ।