२ मंसिर २०८१, आईतवार
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि त्यसको खतराबारे छलफल भइरहेको छ ।
अध्यक्ष माधवकुमार नेपालले जसपाको अवस्थामा आफ्नो पार्टीमा नआओस् भनेर सांसदहरूलाई सम्झाउनका लागि बैठक बोलाएका हुन् ।
पार्टीमा सम्मानित नेता झलनाथ खनालसहित केही सांसद नेपालसँग असन्तुष्ट छन् ।