एमालेमा फर्किन जिम्मेवारी पर्खिराखेको छुः वामदेव गौतम

होमल्याण्ड खबर

२०८१ बैशाख २४ गते, सोमबार १४:५७ मा प्रकाशित

राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले गल्ती स्वीकार गरेको र पार्टी विभाजनको घाटा महशुस गरेको बताएका हुन् ।

साथै, आफूले पार्टी नफुटाएको पनि उनले दाबी गरे ।

अध्यक्ष केपी शर्मा ओलीको खुट्टा तान्न पार्टीमा आउने नभएर उनलाई सहयोग गर्न एमालेमा आउन लागेको उनले बताए ।