अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

होमल्याण्ड खबर

२०८१ बैशाख २५ गते, मंगलवार १०:५१ मा प्रकाशित

अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरवको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए । गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको ज्यान गएको हो ।

यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घरमा क्षति पुगेको छ । चट्याङ लागेर अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयकाअनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।