राष्ट्रिय परिचयपत्र आजदेखि वितरण

होमल्याण्ड खबर

२०७५ मंसिर ३ गते, सोमबार १२:४२ मा प्रकाशित

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलोपटक पाँचथर जिल्लाबाट हुने भएको छ । सोमबार विशेष समारोहको आयोजना गरी बितरण गरिने तयारी गरीएको राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए ।

नेपाल सरकारको मन्त्रिपरिषद्बैठकबाट पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु राष्ट्रिय परिचयपत्र वितरण गर्ने निणयअनुसार पाँचथरमा ब्यतिगत विवरण संकलन गर्ने कार्य यसअघिदेखि नै हँदै आएको थियो । पाँचथरमा अहिले सम्म ५० हजार नागरीकहरुको ब्यतिगत विवरण संकलन भइ सकेको काफ्लेले जानकारी दिए । पहिलो चरणमा पाँचथर जिल्लाका स्थानीय वासिन्दा र सिंहदरवारका कर्मचारीलाई वितरण गर्ने तयारी भएको छ । अहिले तथ्यांक संकलनका साथै परिचयपत्र उत्पादनको कार्य पनि भइरहेको जानकारी काफ्लेले दिए ।

पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचय–पत्र वितरण गर्ने योजना छ । पाँच वर्षभरी देशभरी वितरण गर्ने लक्ष्य राखिएअनुसार पहिलो चरणमा दुई ठाँउमा वितरण गर्न लागिएको हो ।

नागरिकता प्राप्त गरेकालाई परिचयपत्र वितरण गरिने छ । पाँचथरमा यो उमेर समुहका जनसंख्या १ लाख १० हजार भएकाले पाँचथर जिल्लालाई छनौट गरिएको हो । सिंहदरबारमा सातहजार कर्मचारी गर्दा पहिलो चरणमा सख्या १ लाख १७ हजार लाइ परिचयपत्र वितरण गरिनेछ ।
एडीबीको सहयोगमा परिचयपत्र वितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा ४.८ मिलियन अमेरिकी डलर ऋण सहयोग हुनेछ ।

परिचयपत्रका लागि फ्रान्सको सफरान आईडिटीले ठेक्का पाएको छ । उसले जिल्लामा आएर तयारी गरेपछि वितरण सुरु हुने छ । निर्वाचन आयोगमा रहेका मतदाता नामावालीको विवरणलाई आधार बनाएर वितरण गरिने छ । सिंहदरवारभित्रै र जिल्लामा पनि गाँउ गाँउ पुगेर परिचय पत्र वितरण गरिने जोशीले जानकारी दिए । निर्वाचन आयोगको विवरणसँग अरु विवरण मिलाएर वितरण गरीने बताइएको छ ।