९ मंसिर २०८१, आईतवार
बिहीबार सुनको मुल्य तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको मुल्य हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।