९ मंसिर २०८१, आईतवार
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने बताएका छन्।
केहि दिनअघि सम्पन्न लगानी सम्मेलन अघि नै सरकारले कन्ट्री रेटिङ गर्ने जनाएको थियो। तर समयमा हुन सकेन। करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन ।
कुनै पनि देशको ऋणको योग्यता तथा लगानीको वातावरणको स्वतन्त्र मूल्यांकनका लागि कन्ट्री रेटिङ गर्ने गरिन्छ। रेटिङ एजेन्सीहरुले विभिन्न मापदण्डका आधारमा यस्तो मूल्यांकन गर्ने गर्छन्।